प्रतीकात्मक तस्बिर ।
काठमाण्डौ । यूवतीको विषयलाई लिएर आफ्नै साथीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हत्या अभियोगमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई आज ललितपुर प्रहरीको टोलीले पक्राउ गरेको हो ।
युवतीको विषयमा बिबाद हुँदा रानाले सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिटपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनले दिएको बयानका आधारमा खोजी गर्दा श्रेष्ठको शव तोरीबारीमा भेटिएको थियो । हत्या भएका श्रेष्ठ र अभियुक्त मिलन रानामगर साथी भएको पनि प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







