समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा : अध्यक्ष प्रचण्ड


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताएका छन् ।


संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए ।

कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई नेकपा प्रवेश गराउन शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।


उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउने क्रममा विभिन्न चुनौती र समस्या आएपनि त्यसलाई सामना गर्ने क्षमता आफहरुसंग मात्रै रहेको जिकिर गरे ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता नेपालले जनताको समृद्धिको सपना साकार पार्नका लागि काम गर्नुपर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।