कास्की निर्वाचन क्षेत्रनं १(क)का प्रदेश सभा सदस्य दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा एक घर, एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताएका छन् । गण्डकी प्रदेश सभा अन्तरगर्तको अर्थ तथा विकास समितिका सभापति समेत रहेका गण्डकी प्रदेश सांसद कोइरालाले शनिबार निर्वाचन क्षेत्रमा पर्ने निर्माणधिन चैनपूर सातमुहाने खानेपानी योजनाको निरीक्षण गर्दै यस्तो बताएका हुन् । उक्त योजनाको लागि गत बर्ष प्रदेशबाट ४८ लाख र यस बर्ष ३० लाख बजेट विनियोजन भएको बताउदै कोरालाले चैनपूर र सातमुहाने क्षेत्रका ११ सय घर परिवारलाई यस योजनाले समेट्ने बताए । आफ्नो निर्वाचन क्षेत्र भित्र लेखनाथ साना शहरी खानेपानी योजनाले स्वच्छपानी उपलब्ध गराउदै आएको र रुपा गाउँपालिकामा पनि प्रदेश र संघीय सरकारको सहकार्यमा अभियान तिव्र रुपमा अगाडि बढेकोले आफ्नो निर्वाचन क्षेत्रमा एक घर, एक धाराको अभियान अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समितिका सचिव केशबराज पंगेनीले करिव ७ किलोमिटर टाडा रुपा गाउँ मुहानबाट पानी ल्याई चैनपुरडाँडामा ३ लाख लिटरको ट्याङकी निर्माण गरेर पानी वितरण गर्ने बताए । गत बर्षको प्रदेश सरकारको बजेटबाट पाइप खरिद गरेको अहिले पाइप विछउने र पुर्नेकाम भइरहेको बताउनु भयो ।यस ओजना सम्पन्न भएपछि त्यस क्षेत्रमा पानीको कुनै समस्या नहुने पंगेनीको भनाई रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा…





