तस्विर : समाजिक सञ्जाल
काठमाडौं । पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ललितपुरमा एक ट्याङ्करमा आगलागी भएको छ ।
आइतबार साँझ ललितपुरको ग्वार्कोमा रहेको उज्वल पेट्रोल पम्पमा तेल खन्याउने क्रममा तेल बोकेको ट्याङ्करमा आगलागी भएको हो ।
तेल खन्याउन लागेको समयमा ना ४ ख ९७४ नम्बरको ट्याङ्करको अगाडिको भागमा आगो लागेको थियो । आगलागीबाट मानविय क्षति नभएपनि पार्किङ गरेर राखिएका ४ वटा मोटरसाइकल जल्नुका साथै ट्यांकरमा पनि क्षति पुगेको जनाइएको छ ।
आगो दमकल तथा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







