कम्युनिष्ट भ्रष्टाचारीलाई कांग्रेस सत्तामा आएर जेल कोचेन भने कांग्रेस नभन्नू : थापा


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति यज्ञबहादुर थापाले कांग्रेस तनहुँ घट्नाबाट जागेको बताएका छन् । नेपाली कांग्रेसले ओली सरकारबिरुद्ध देशैभर प्रदर्शन गर्ने क्रममा पोखरामा सोमबार गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले कांग्रेस तनहुँ घट्नाबाट ब्यूँझिएको बताएका हुन् । तनहुँ घट्नाले कांग्रेसमा चेत खुलेको छ,‘उनले भने,‘त्यही घटनाबाट कांग्रेस सुतेको बाघझैं ब्यूँझिएको छ ।’

नेता थापाले अब कांग्रेसलाई देखेर कम्युनिष्ट डराउनुपर्ने बताए । हिजो राजाको घोडा आयो बाटो छोड छोड भन्ने आहान अहिले बदलिएको भन्दै उनले भने,‘अब कांग्रेसको घोडा आयो बाटो छोड् छोड् ।’

नेता थापाले ओली सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताए । हिजो कांग्रेसको पालामा भ्रष्टाचार थिएन भनेर हामी भन्दैनौं,‘उनले भने,‘त्यसबेलापनि भ्रष्टाचार थियो, तर हिजो हजार र लाखमा थियो, तर अहिले लाख, करोड होईन अर्ब र खर्बमा छ ।’

नेता थापाले ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको भ्रष्टाचारको खोजविन भोलि कांग्रेस नेतृत्वमा आएपछि खोज्ने चेतावनी दिए । आज ओम्नी, एनसेल, वाईडवडी, बुढी गण्डकीदेखि सुनकाण्डलगायत सबैमा भ्रष्टाचार गरेर भुँडी फुट,उनले भने,‘भोलि कांग्रेस सत्तामा आएर अहिलेका भ्रष्टाचारीलाई कारबाही गरेर जेल कोचेन भने हामीलाई कांग्रेस नभन्नू ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।