फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक भोली बिहान बोलाएका छन् ।
मंसिर २७ गते बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापती शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
सोमबार नेपाली कांग्रेसले देशभर आयोजना गरेको सरकार विरुद्धको प्रर्दशनका लागि तयारी गर्नुपर्ने भन्दै देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बैठक स्थगित हुन पुगेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा रिक्त पदपूर्तिका लागि भोलीको बैठकमा छलफल हुने छ । हाल विभिन्न आयोगहरुमा ४५ पद रिक्त छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







