काठमाण्डौं । मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै बसेको बैठकले कुनै निर्णय भने नगरेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा परिषद अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित थिए भने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित भएनन् ।
पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता गर्दै एकाएक राष्ट्रपतिबाट संवैधानिक परिषदको बैठक बस्ने र निर्णय लिने प्रावधान संशोधन गरेर अध्यादेश जारी गरेपछि प्रधानमन्त्रीको पार्टी भित्र र बाहिर सर्वत्र विरोध भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







