साङ्केतिक तस्विर
पोखरा । पोखराबाट ठूलो मात्रमा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झोलामा लुकाई–छिपाई लिएर हिँडी रहेको अवस्थामा मंगलबार साँझ पोखराको रामकृष्णटोलबाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–४, रामकृष्णटोल बस्दै आएका कुमार श्रेष्ठ(३३) र भक्तपुर स्थायी घर भई सोही स्थान बस्दै आएकी लक्ष्मी कृष्ण भासिमे(४४) छन् । प्रहरीले उनीहरुको साथबाट डाईजापाम–११३ एम्पुल, फेनेरागन–११३ एम्पुल, ब्रुफिनर्फिन–११३ एम्पुल गरि ३३९ एम्पुल लागूऔषध र मोवाईल दुई थान बरामद गरेको छ ।
उनीहरुले झोलामा लुकाई छिपाई लिएर हिँडीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमिक्त सुचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई लागूऔषसम्बन्धी कसूर अन्र्तगत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरामा सडक नालीबाट आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको…





