लमजुङ सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा उनकै भतिज पक्राउ परेका छन् । केहि दिनअघी विभत्स हत्या भएकी धनमायाको नाताले भतिज पर्ने सुन्दरबजार नगरपालिका वडा नं. ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेल पक्राउ परेका हुन् । पक्राउ गरिएका ती युवालाई लमजुङले शुक्रबार पत्रकार भेटघाट गरि सार्वजनिक गरेको छ । सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका सागर र विकासले हत्या स्वीकार गरेको लमजुङ प्रहरीले जनाएको छ । धनमायासँग नाताले भतिज पर्ने सागरको अनैतिक सम्बन्ध रहेको र सो सम्बन्ध लुकाउन नाताले काकी पर्ने धनमायाको हत्या गरेको उनले स्वीकार गरेको डिएसपी थापाले जानकारी दिए ।
नाताले काकी पर्ने धनमायासँग सागरको केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै थियो । तर यहि बिचमा धनमाया गर्भवती रहेको गाउँमा हल्ला चल्यो । धनमाया गर्भवतीको हल्ला चलेपछि काकीसँगको सम्बन्ध सार्वजनिक हुने र काकीलाई स्वीकार्नु पर्छ भन्ने डरले खाएपछि अन्ततः आफूले काकीको हत्या गरेको भनी सागरले वयान दिएको डिएसपी थापाले बताए। काकीसँगको सम्बन्ध लुकाउन सागरले साथी विकाससँगको सल्लाह र उसैको सहयोगमा मङ्सिर ३० गते बिहान साढे ५ बजे गएर धनमायाको हत्या गरेको खुलेको उनले बताए ।
हत्या आरोपी दुवै जनालाई शुक्रबार नै जिल्ला अदालतमा उपस्थित गराएर १५ दिनको म्याद थप गरिएको लमजुङ प्रहरीले जनाएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







