चोरी मुद्धामा पक्राउ परेकी गण्डकी प्रदेश सभा सदस्य (सांसद) राजिव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेन लामा धरौटीमा रिहा भएकी छन् । चोरी तथा डाका मुद्धामा मंसिर १० गते पक्राउ परेकी उनी शुक्रबार जिल्ला अदालत कास्कीको फैसलाबाट ५० हजार धरौटीमा रिहा भएकी हुन् । शुक्रबार न्यायाधीस श्रीकृष्ण भट्टराईको एकल ईजलासले लामालाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकृत नील पनेरुले जानकारी दिए ।
दिक्छेनले बुझाएका प्रमाणका आधारमा उनी निर्दोष देखिएपछि धरौटीमा रिहा गर्ने आदेश आएको उनको भनाई छ ।
लामाबिरुद्ध मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पोखरा १० रक्षा मार्गस्थित रोनित गुरुङको कोठाबाट बहुमूल्य धातु चोरी गरेको आरोप लगाउँदै जाहेरी परेको थियो । कात्तिक ८ गते करीब २० लाख रुपैयाँका बहुमूल्य धातु र मूर्ति चोरी गरेको आरोप लागेपछि प्रहरीले उनलाई मंसिर १० गते पक्राउ गरेको थियो । लामामाथि २४ तोलाको चाँदीका ७ वटा अम्खोरा, बुद्धको मूर्ति र ५ थान मूर्ति चोरेको आरोप लगाउँदै रोनित गुरुङले जाहेरी दिएका थिए ।
तर, लामाले भने चोरी गरेको अस्वीकार गरेकाछन् । उनले आफूले ती मूर्ति काठमाडौंमा खरिद गरी काठमाडौं, पोखरा र हेटौडामा लगेर राखेर पूजा गर्ने गरेको दाबी गरेकी छन् । उनले सो प्रमाण पुष्टि गर्नका लागि आफूले पूजा गर्दै गरेको फोटोहरसमेत अदालतमा पेस गरेकी छन् । उनले आफूबिरुद्ध षडयन्त्र भएको र झूठो आरोप लगाएको दाबी गर्दै आएकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







