उत्पादनको क्षेत्रमा सहकारीको ध्यान जान जरुरी : सभापति कोइराला


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सहकारीले लगानी गर्दा उत्पादनको क्षेत्रमा गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा रहेको परामर्श बचत तथा ऋृण सहकारी संस्थाको सातौं बार्षिक साभारण सभाको उद्घाटन गर्देै उनले यस्तो बताएका हुन् । समाज रुपान्तरणमा सहकारीको भुमिका रहने बताउँदै सहकारीलाई ब्यस्थित बनाउन सरकारले मर्ज अभियान शुरु गरेको उल्लेख गरे । अब धेरै सहकारी भन्दा पनि गुणस्तरीय सहकारी आवश्यक रहेको उनको भनाई थियो । कोइरालाले गण्डकी प्रदेश सरकारले बचत तथा ऋृण सहकारीले अनिवार्य ३० प्रतिशत लगानी उत्पादनको क्षेत्रमा गर्नुपर्ने नीतिनै ल्याएर अहिले कार्यान्वयनको चरणमा रहेको बताए ।
साधारण सभाले सहकारीका अध्यक्ष तोयराज गिरीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष नवीन ढकाल क्षेत्रीको कोषाध्यक्षको प्रतिवेदन र प्रकाश आचार्यले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा जन उपभोक्ता सहकारी अध्यक्ष रामकृष्ण ढुङगाना, डल्फिन सहकारी पूर्व अध्यक्ष राजकुमार दुलाल, यातायात ब्यावसायी भानुभक्त अधिकारीले साधारण सभामा एक वर्षको समीक्षा गर्ने दिन भएको बताए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष सुरेशराज पाण्डले स्गावगत मन्तब्य राख्नु राखेको कार्यक्रममा स्नेहा गुरुङले सहकारीको सात सिद्धान्त र कार्यक्रमको सञ्चालन सचिव मोहन सुवेदीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।