मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको नवौ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधरणसभाको उद्घाटन गर्दै घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए ।
अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैैमा चुनौतिपूर्ण भएको र यहाको पत्रकारीतालाई थप उचाईमा पू¥याउन पत्रकारको संख्या वृद्धि गर्ने तर्फ शाखाले भुमिका खेल्नुपर्ने बताए ।
पत्रकारले गरेको प्रत्येक सूचना संम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका वेथिती,विकृति,विसङ्गती र विकास निमार्णमा भएका राम्रा र नराम्रा पक्षको उजागर गरी समृद्ध नेपाल ,सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाई छ ।
पत्रकारहरुको छातासंस्था पत्रकार महासंघ मुस्ताङ शाखालाई आगामी दिनमा आवश्यक परेको अवस्थामा आर्थिक , भौतिक र रचनात्मक सहयोग गर्ने अध्यक्ष थकालीले सो अवसरमा प्रतिबद्धता व्यक्त गरे।
नवौ वार्षिक साधारणसभाको अध्यक्षता गर्दै शाखाका अध्यक्ष सुन्दरकुमार थकाली शाखाको सांगठनिक तथा चालु कार्यकालको विस्तृत प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरे ।
प्रतिबेदनमा शाखाले मुस्ताङंको समग्र विकास र सुशासन कायम गर्ने तथा जिल्लाका पत्रकारलाई परेको समस्यामा शाखाले सहकार्य गर्दैआईरहेको बताए । अध्यक्ष थकालीले सुगमको जस्तो पत्रकारिता हिमाली जिल्लामा सहज नभएको उल्लेख गर्दै यसैका कारण क्षेत्रमा आउने नयाँ पिढीको रुचि कम पाएको जनाए ।
पत्रकार महासंघको बार्षिक सदस्यता शुल्क हिमाली जिल्लाका लागि चर्को भएकाले हिमाली जिल्लालाई ५० प्रतिशत महासंघले सहुलियत दिनुपर्ने सुझाए । कार्यक्रम शाखाका सदस्य राजु सेन्चुरीले स्वागत मन्तब्य ब्यत्त गरे । उनले चालु कार्यकालमा पत्रकार महासंघले पत्रकार हकहित ,सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्यसम्पादनलाई दर्भिलो बनाएको उल्लेख गरे ।
साधारण सभाको औपचापरिक कार्यक्रमको पत्रकार शुशिलबाबु थकालीले संञ्चालन गरेका थिए ।
यस्तै,नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिबार संम्पन्न नवौ बार्षिक साधारण सभाले प्रस्तुत गरेको ४ बुदे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेको र उक्त प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।
साधारण सभामा पत्रकार महासंघका अध्यक्ष सुन्दरकुमार थकालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र शाखाका कोषाध्यक्ष निरज थकालीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ ।
साधारण सभाले कोभिड—१९ को जोखिमको बेला पत्रकारले स्वास्थ्य सामाग्री उपलब्ध गराउन महासंघले ध्यान नदिएको र कोभिड—१९ संक्रमणकालमा मिडिया हाउसबाट पत्रकारको पेशा धराप परेको र कतिपयले पारिश्रमिक नपाएको अवस्थामा महासंघले उपयुक्त भुमिका खेल्न नसकेको ठहर गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







