नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन् ।
नेपालका कम्युनिष्टहरुले रायमाझीलाई खराब पात्रका रुपमा चित्रण गर्ने गर्छन् । शुरुमा कम्युनिष्ट नेता बनेका रायमाझी पछि कट्टर राजावादी भएर राजतन्त्रको पक्षपोषणमा लागेका थिए । तिनै रायमाझीसँग ओलीलाई तुलना गर्दै उनले भनेका छन्,‘नेपाली कम्युनिष्ट आन्दोलनमा केशरजंग रायमाझी पछिको खराब पात्रको रुपमा केपी ओलीको नाम दर्ज । अरु परिस्थिति अनुसार……. ।’
गुरुङले संविधान विपरित संसद विघटन गर्न प्रस्ताव भएको भन्दै विरोध गरेका छन् । संसद विघटन प्रस्ताव राष्ट्रपतिले खारेज गर्नुपर्ने उनको भनाई छ । कम्युनिष्टहरुको ७० वर्षदेखिको सपना, हालसम्मको राजनीतिक उपलब्धी र नेपाली जनताले दिएको ५ वर्षको म्याण्डेट तथा शान्ति र समृद्धिको जुन अभिभारा दिएका छन् त्यो पूरा नगरी संसद विघटन गरेर दुर्घटना निम्त्याउनु दुःखद भएको भन्दै तुरुन्त सच्चिनुपर्ने उनले बताए । आवेशमा आएर संसद विघटन गरेपनि ओलीको रायमाझी पथ रोकिनेमा भने अझै आफू आशावादी रहेको उनले बताए ।
नेता गुरुङ प्रचण्ड( माधव नेपाल पक्षका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा…





