नेकपा स्थायी कमिटी बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




फाइल फोटो

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केहीबेर ढिला गरि बस्न लागेको एक सदस्यले जानकारी दिए ।

पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको उनले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने भएको छ । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा भने छलफल नहुने उनले बताए ।

विकसित घटनाक्रमका कारण आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् । साथै प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने नेताहरुको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।