नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । जनमत र संविधान विपरित संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको भन्दै उनीहरुले पोखराको महेन्द्रपुलमा आफ्नै माउ पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोजेपनि असफल भएको छ ।

शुरुमा पहिलो समूहले महेन्द्रपुलमा केपी ओलीबिरुद्ध नाराबाजी गर्न शुरु गरेका थिए । प्रधानमन्त्रीबिरुद्ध प्रदर्शन हुने जानकारी पाएर पहिलेदेखि नै तयारीको साथ बसेको प्रहरीले सो समूहलाई घेराबन्दी गरेर राखेको थियो । तर सोहिबेला महेन्द्रपुल भन्दा केहि तलबाट अर्को समूह एक्कासी आएर प्रधानमन्त्रीको पुत्ला जलाएको थियो । पुत्ला जलाउँदै नाराबाजी गर्न थालेपछि प्रहरीले पुत्ला खोस्ने प्रयास गर्दा झडपको स्थिति आयो । खोसाखोस गर्दै विद्यार्थीले अन्ततः पुत्ला जलाएरै छाडे ।

पुत्ला जलाउने क्रममा विद्यार्थी केपी चोर, देश छोड, केपी ओली मुर्दावाद, आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ, संसद विघटन गर्न पाईंदैन, संघीय गणतन्त्र नेपाल जिन्दावाद, अनेरास्ववियू जिन्दावादलगायतका नाराहरु लगाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







