महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।
चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा मोड्ने क्रममा ट्र्याक्टरको दाँयापट्टीको बीचको र पछाडिको चक्का धसेर अचानक अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







