संसद विघटन भएलगत्तै बहालवाला ७ जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । प्रधानमन्त्री ओलीले संविधान बिपरित संसद विघटन गरेको भन्दै उनीहरुले आईतबार दिउँसो पत्रकार सम्मेलन गरेर राजिनामा दिएका हुन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रधानमन्त्रीले गलत कदम चालेकाले राजिनामा दिएको बताएका छन् ।
यसरी राजिनामा दिनेहरुमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, बनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वरराय यादव रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







