मिलेर चुनावमा जान प्रचण्डलाई ओलीको आग्रह


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् ।

संसद विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि ओलीले आज बालुवाटरमा भएको भेटमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई यस्तो प्रस्ताव गरेका थिए ।

भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको कदमलाई घातक कदमको संज्ञा दिएका थिए । जवाफमा ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं, जितेर आऔं ’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाएका हुन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसंगको छलफलमा रहेका प्रचण्ड राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको सूचना आएपछि छलफलकै क्रममा उठेर हिंडेका थिए


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।