ओलीबिरुद्ध चार नेताको एक स्वर


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




नेकपा नेतृ तथा प्रतिनिधि सभा सांसद दुर्गा विकले जनताले दिएको दुई तिहाई बहुमतलाई प्रधानमन्त्री केपी ओलीले ‘कु’ गरेको आरोप लगाएकी छन् । सामाजिक सञ्जाल फेसवुकमा आईतबार दिउँसो स्टाटस लेख्दै उनले भनेकी छन्,‘नेपाली जनताको दुई तिहाई बहुमतलाई ‘कु’ गर्न सक्ने महाराजा ।’ उनले ओलीलाई कालो सूचीमा नाम राख्न तयार भएर बस्न चेतावनीसमेत दिएकी छन् ।

नेकपा गण्डकी प्रदेश सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रामजी बरालले आफूले बस्न नपाएपछि कुर्सी भाँचेर छाडेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा आईतबार दिउँसो स्टाटस लेख्दै उनले भनेका छन्,‘केपी ओलीले पार्टी भित्र पटक पटक भन्ने गर्थे ः मैले भनेको मानेनौ भने कुर्सी भाँची दिन्छु, म पार्टीले भनेको मान्दिन, आखिर भाँचेरै छाडे ।’

नेकपा नेता तथा गण्डकी प्रदेश सभा सदस्य एवम् संसदको अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमले संघीयताको चीरहरण गरेको टिप्पणी गरेका छन् । संसद विघटन गर्ने कदम असंवैधानिक भएको र यस्तो गर्ने ओलीलाई नभएको उनको भनाई छ ।

नेकपा नेतृ तथा संविधान सभा सदस्य तेजकुमारी पौडेलले पुस ५ गते सँधैका लागि कालो दिनका रुपमा दर्ज भएको टिप्पणी गरेकी छन् । उनलेपनि समाजिक सञ्जाल फेसवुकमा आईतबार दिउँसो स्टाटस लेख्दै भनेकी छन्,‘आज पुस ५ गते कालो दिन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।