अध्यक्ष ओलीबाट केन्द्रीय कमिटी बैठक आह्वान


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सो दिन बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ । पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।