नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले संविधान र ३ करोड नेपाली जनताको वलात्कार गरेको आरोप लगाएका छन् । संसद विघटन गर्ने केपी ओलीको कदमबिरुद्ध नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले असंवैधानिक र जनमत विपरित ओलीले संसद विघटन गरेर ३ करोड नेपाली जनताको वलात्कार गरेको आरोप लगाएका हुन् । कुनै एक व्यक्तिले कसैलाई वलात्कार ग¥यो भने १ जना वलात्कृत हुन्छ,उनले भने,‘तर केपी ओलीले संविधानको मर्म र भावना तथा ३ करोड जनताको जनमत विपरित संसद विघटन गरेर ३ करोड जनताको वलात्कार गरे ।’ उनले ओलीलाई अपराधीको संज्ञा दिए । जनमत र संविधानको वलात्कार गर्ने केपी ओली अपराधी भएको उनको भनाई छ ।
सभापति केसीले अपराधीको मतियार बन्न कांग्रेस नजाने बताए । ओलीलाई कांग्रेसले समर्थन नगर्ने उनको संकेत थियो । उनले कांग्रेसमाथि ३ वटा अभिभारा रहेको भन्दै उनले पार्टीको महाधिवेशन, संसद विघटनबिरुद्ध आवाज उठाउने र निर्वाचनमा होमिनुपर्ने अभिभारा कांग्रेसमाथि आएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







