नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले संसद विघटन गर्ने ओलीको कदम कुनैपनि हिसाबले जस्टिफाई नहुने दाबी गरे । ‘बहुमत हुँदाहुँदै संसद विघटन गर्नु संविधानको अक्षर र भावनको खिलाफमा छ’–उनले भने ।’ संसद विघटन गर्ने केपी ओलीको कदमबिरुद्ध नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले विदेशी चलखेल अनुरुप नेपाललाई रणभूमि बनाउने नियतले ओलीले संसद विघटन गरेको आरोप लगाए । उनले ओलीको यो कदम देशप्रति गद्धारी र जनताप्रति बेईमानी भएको बताए ।
नेपाली कांग्रेसका अर्का नेता शुक्रराज शर्माले कम्युनिष्टलाई सदाका लागि विदा गर्ने मौका आएको बताए । राजा फाल्नपनि पोखराबाटै आन्दोलन शुरु भएको स्मरण गर्दै उनले भने,‘अधिनायकवादी कम्युनिष्ट नफालेसम्म अब यो आन्दोलन रोकिदैन ।’ दुई तिहाई नजिक जनमत प्राप्त ओलीले अचेतन अवस्थामा होस गुमाएर संसद विघटन गरेको उनले आरोप लगाए ।
यसअघी नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुंगाबाट विपीचोकहुँदै महेन्द्रपुलसम्म प्रदर्शन भएको थियो । प्रदर्शनमा सहभागिहरुले भ्रष्ट केपी ओली सत्ता छोड, कम्युनिष्ट राष्ट्रपति मुर्दावाद, भ्रष्ट केपी ओलीलाई सामाजिक वहिस्कार गरौं, ओलीतन्त्र मुर्दावाद, कोरोनाले के भन्छ, केपी ओली ले भन्छलगायतका नाराहरु लगाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





