प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली समूहले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाललाई कारवाही गर्ने भएको छ । ओली पक्षको आज बस्ने केन्द्रीय समिति बैठकले प्रचण्ड—माधव समूहका नेताहरुलाई कारवाही गर्ने श्रोतले बताएको छ । उनका अनुसार ओली पक्षले प्रचण्ड, माधवसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतलाईपनि कारवाही गर्ने तयारी गरेको हो ।
ओली पक्षले प्रधानमन्त्री ओलीबिरुद्ध षडयन्त्र गरेको, प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन खोजेको, पार्टी एकताबिरोधी कार्य गरेकोलगायतको आरोप प्रचण्ड—माधव समूहलाई लगाउँदै कार्वाही गर्ने बताएको छ । कारवाहीका लागि ओलीसहित ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले रातभर बसेर लिस्ट तयार गरेको श्रोतको दाबी छ । सोहि लिस्टलाई आज पूर्वाह्न ९ बजे बस्ने ओली पक्षीय केन्द्रीय समिति बैठकले पारित गर्दै कारवाहीको निर्णय गर्ने बुझिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





