ओली पक्षीय नेकपा केन्द्रीय समितिमा कास्कीका ८ नेता थपिए


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले बिस्तार गरेको नेकपा केन्द्रीय समितिमा कास्कीका ८ जना परेका छन् । ओली पक्षीय नेकपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा कास्कीका थप ८ जना नेता थपिएका हुन् ।

थपिनेमा राजिव पहारी, दामोदर बैरागी, पून्य पौडेल, कृष्ण थापा, प्रभा कोईराला, विद्या भट्टराई अधिकारी, रश्मी आचार्य र बेदबहादुर गुरुङ (श्याम) रहेका छन् । पहारी र पौडेल नेकपाका प्रदेश सदस्यबाट बढुवा भएर ओली पक्षीय महाधिवेशन मूल आयोजक समितिको सदस्य बनेका हुन् । थापा, बैरागी, कोईराला र गुरुङ भने जिल्ला सदस्यबाट सिधै केन्द्रीय समितिमा बढुवा भएका हुन् । त्यस्तै, विद्या भट्टराई सिधै केन्द्रीय समितिमा पुगेकी हुन् भने आचार्य विद्यार्थी फाँटबाट केन्द्रीय समितिमा मनोनित भएका हुन् ।

ओली पक्षीय नेकपाको केन्द्रीय समितिमा कास्कीबाट परेका ८ मध्ये १ प्रतिनिधि सभा र ३ जना प्रदेश सभा सदस्य हुन् । जसमा विद्या भट्टराई प्रतिनिधि सभा सदस्य तथा कृष्ण थापा, राजिव पहारी र प्रभा कोइराला गण्डकी प्रदेश सभा सदस्य हुन् । त्यस्तै बेदबहादुर गुरुङ मादी गाउँपालिका प्रमुख हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।