नेकपाको अध्यक्ष बने माधव नेपाल


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

नेकपाका बरिष्ठ नेता माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष चयन भएका छन् । नेकपाको आज बसेको केन्द्रीय समिति बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हपो । बैठकमा अर्का बरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष बनाउन गरेको प्रस्तावलाई पारित गरेको थियो । यसअघी आज बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

ओलीलाई कारवाही गरेपछि रिक्त रहेको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।