ओलीको कदमले देश र जनतालाई क्षति पुग्ने : पूर्व वाणिज्यमन्त्री थकाली


     सुन्दरकुमार थकाली    
     पौष ८ गते २०७७ मा प्रकाशित




पुस ८ जोमसोम । प्रधानमन्त्री केपि शर्मा ओलीको गैरसंवैधानिक कदम स्वरुप आएको संंसद बिघटनलाई कांग्रेसले समर्थन गर्न नसक्ने नेपाली कांग्रेसका नेता तथा पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकालीले बताएका छन् ।

ओलीको सर्वसत्तावाद स्वरुप आएको संसद बिघटन गर्ने गैरकदमले देश र जनतालाई बर्वादीतर्फ उन्मुख गराउने नेता थकालीले उल्लेख गरे ।

संविधान सभा सदस्य समेत रहेका उनी तत्कालिन संविधान मस्यौदा समितिको सदस्य समेत हुन् । पूर्व वाणिज्य मन्त्री थकालीले आईतबार सामाजिक संञ्जाल फेसबुकमा प्रेष नोट पोष्ट गर्दै नेपालको संविधान २०७२ ले उल्लेख गरेको व्यवस्थामा प्रधानमन्त्रीलाई संघीय प्रतिनिधि सभा बिघटन गर्ने छुट नभएको जिकिर गरे । नेता थकाली भन्छन् ‘तत्कालको अहिलेको अवस्थामा निवाचन जाँदा नेपाली कांग्रेसलाई फाईदा पुग्छ । किनकी यो नेकपाको दुई तिहाको सरकारको कार्यसम्पादन,बेथिती र सत्तारुढ दलको आन्तरिक द्धन्दका कारण नेपाली जनता निराश भईसकेका छन् । तर ,कांग्रेस संसद बिघटनको पक्षमा छैन ।

कांग्रेस नेता थकालीले बिगतको ईतिहास हेरेर मुलुकमा अस्थिरता ननिम्तियोस भनेरनै प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार संम्विधानले व्यवस्था नगरेको स्पष्ट पारे ।

नेता थकालीले प्रधानमन्त्रीले संघीय बिघटन गर्नुअघि राजीनामा दिएर वा संसदमा बुहमत सिद्ध नभएको अवस्थामा अर्को प्रधानमन्त्री चयन गर्दा संम्विधानमा व्यवस्था भएअनुसार संम्पूर्ण प्रक्रिया अपनाउनु पर्ने र त्यसरी नभएमा संसदले प्रधानमन्त्री चयन गर्न असमर्थ रहदाँ ६ महिना भित्र संसदको अर्को निर्वाचन गर्ने व्यवस्था संविधानले गरेको नेता थकालीले उल्लेख गरे ।

कांग्रेस नेता थकालीले प्रधानमन्त्री ओलीको संविधानको मर्म र भावना बिपरित गरिएको संसद बिघटनको कदमप्रति खेद व्यक्त गर्दै संम्वैधानिक सर्वोच्चताको माग समेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।