जनता समाजवादी पार्टीमा प्रवेश


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित




पोखरा । बैकल्पिक राजनीतिक शक्ति जनता समाजवादी पार्टीमा बुधवार पोखरेली युवाहरु प्रवेश गरेका छन्। विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरु मुलुकको निम्ति आवाश्यक पार्टी जनता पार्टी हो भन्दै जसपामा प्रवेश गरेका हुन।

पोखरा १० अमरसिंहस्थित जसपाको कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा खेल, व्यवसायिक, शैक्षिक लगायतका युवाहरु हेमन्त गुरुङ, प्रशान्त गुरुङ, विनोद गिरी, आदित्य गिरी, निरज थापा, देवबहादुर कार्की, विप्लवकुमार श्रेष्ठ, सोनाल तामाङ लगायतका युवाहरु जसपामा प्रवेश गरेका हुन।

कार्यक्रममा नवप्रवेशी युवाहरुलाई जसपाका केन्द्रिय सदस्य तथा समाजवादी पार्टी प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, केन्द्रिय सदस्य तथा युवा इञ्चार्ज देविप्रसाद सुवेदी, टिकाराम पौडेल लगायतले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए। नवप्रवेशीहरुलाई केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष मोति रिजालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष दिपक तामाङ, नेताहरु टिकाराम पौडेल, कर्ण गुरुङ लगायतले पार्टीका विचार, निती, सैद्धान्तिक र आन्दोलनका बारेमा प्रष्ट पारेका थिए। कार्यक्रम जिल्ला सचिव नारायण भण्डारीले संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।