बुधबार पोखराको न्यूनतम तापक्रम ७.१ डिग्री सेल्सीयस


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित




पोखरा । बुधबार पोखराको न्यूनतम तापक्रम ७.१ डिग्रीसेल्सीयस मापन गरिएको छ । बुधबार साँझसम्म पोखराको अधिकतम तापक्रम २१.२ डिग्रीसेल्सीयस मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाकारी दिएको छ ।

उता जोमसोममा भने न्यूनतम तापक्रम एक डिग्री सेल्सीयसमा झरेको छ । त्यहाँ आजको अधिकतम तापक्रम १६. ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।

यस्तै स्याङजाको न्यूनतम तापक्रम ४.५ डिग्रीसेल्सीयस र अधिकतम तापक्रम २०.९ डिग्री सेल्सीयस मापन गरिएको कार्यालयले जनाएको छ । खैरेनीटारमा न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सीयस र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सीयस रहेको थियो ।

त्यसैगरि लुम्लेको न्यूतम तापक्रम ४.८ डिग्री सेल्सीयस र अधिकतम तापक्रम १५ डिग्री सेल्सीयस मापन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार बिहान ६ बजेर ५८ मिनेटमा सूर्योदय हुने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।