पोखराको भलाममा भएको निशुल्क वृहत आँखा शिविरबाट २ सय बढी लाभाम्वित भएका छन् ।
पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा वडा कार्यालय पोखरा २० ले आयोजना गरेको शिविरमा त्यस क्षेत्रका २०५ जनाको आँखा जाँच गरिएको हो । नेत्र विशेषज्ञ प्रा.डा सचेत प्रभात श्रेष्ठको नेतृत्वमा खट्टिएको विशेषज्ञ टोलीले आँखा जाँच गरेको थियो । शिविरमा जाँच गरिएका मध्ये करिब १ सय जनामा मोतियाविन्दुको समस्या देखिएपछि थप उपचारका लागि सिफारिस गरिएको वडाध्यक्ष गंगा बहादुर खत्रीले जानकारी दिए ।आँखा जाँचमा आएका ५० जनालाई चश्मा लगाउन सुझाव दिईएको छ ।अन्यलाई आँखा परिक्षणसहित निशुल्क औषधी वितरण गरिएको छ । शिविरमा नेत्र विशेषज्ञ डा.जितेन्द्र पौडेल, बालरोग विशेषज्ञ डा.राजन पौडेल,डा.सुस्मिता अधिकारीसहित प्राविधिक तर्फ रजनी पालिखे, अन्जना थापा,सुशीला घले, शिव शर्मा र धिरज गौतम सहभागि थिए ।

आफ्नै घर आँगनमा स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय निकै खुशी समेत भएका थिए ।यसअघि कार्यक्रमको वडाध्यक्ष खत्रीले आँखा जाँचसम्वन्धि सामाग्री हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए । उनले आँखा मानव जीवनको संवेदनशील अङ्ग भएको बताउँदै, यो लगायत नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने बताए । वडाको नेतृत्व सम्हालेको चार वर्ष पुरा भएको र यो अवधिमा वडाबासीलाई घरदैंलोमै स्वास्थ्यसहितका सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको वडाध्यक्ष खत्रीले बताए ।
कार्यक्रमको संचालन वडाका सहायक प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले गरेका थिए ।त्यस अवसरमा वडाले प्राविधिक सहयोग गर्ने पद्म नर्सिङ होमका अध्यक्ष यादव गौतमसहितको टोलीलाई आभार व्यक्त समेत गरेको छ । वडाले यस अघि पनि बिभिन्न संस्थाको सहयोगमा नागरिक लक्षित कार्यक्रम संचालन गरेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको भलाममा भएको निशुल्क वृहत आँखा शिविरबाट २ सय बढी लाभाम्वित भएका…







