पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधी तालपारी टिमले जितेको छ ।
बि–फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टिम ९११ लाई ६–३ गोल अन्तरले पराजित गर्दै तालपारीले सो उपाधी जितेको हो । तालपारीको जितमा सुजन थापा र सिद्धान्त श्रेष्ठले २–२ तथा सुन्दर मगर र कुञ्जन पौडेलले १–१ गोल गरे । टिम ९११ को तर्फबाट सुसान्त सेञ्चुरी, प्रसान्त गुरुङ र हर्षभ बोहराले १–१ गोल गरे ।जितसंगै तालपारीले नगद रु २० हजार सहित शिल्ड, मेडल प्रमाण–पत्र पुरस्कार पायो । द्वितिय स्थान हाँसिल गरेको टिम ९११ ले नगद १० हजार सहित शिल्ड, मेडल प्रमाण–पत्र पुरस्कार पायो ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पिसिएम कलेज सञ्चालक समितिका सदस्य एवं बोर्ड डाइरेक्टर प्राञ्जल कायस्थ, कलेजका प्रिन्सिपल लिना नेगी श्रेष्ठ, बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवर, प्रतियोगिता संयोजक प्रतिक राई लगायतले पुरस्कृत गरे । युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताईन् । उनले प्रतियोगिताका विजेता, उप–विजेता तथा सहभागी समुहहरुका लागि कलेजको तर्फबाट गोल्डेन र सिल्भर स्कलरशिपको घोषणा पनि गरिन् ।
‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगिता पोखराका विभिन्न २३ कलेजका विद्यार्थीहरुको समुहले भाग लिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १६ जेठ । व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रवृत्तिबारे केन्द्रित प्रथम…







