कास्कीका गुरुङद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार


     एभरेस्ट आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित कास्कीका एक नेताले पद अस्वीकार गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका निवासी दलबहादुर गुरुङले ओली पक्षको नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।

गुरुङले विहीबार एक प्रेस विज्ञप्ती जारी गरेर आफू सँधै पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । आफूलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिन्छु,उनले अगाडि भनेका छन्‘यद्वपी हाम्रो पार्टी नेकपामा हाल देखा परेको विग्रह र समग्र मुलुकमा देखा परेको राजनीतिक अन्यौलताले मलाई चिन्तित बनाइरहेको छ, मसँधै विधि र विधान सम्मत सञ्चालित एकताबद्ध कम्युनिष्ट पार्टीको पक्षमा रहेको अवगत गराउँदै मलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको निर्णय अस्वीकार गरेको व्यहोरा सबैमा स्पष्ट पार्न चाहन्छु ।’

ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेका गुरुङ नेकपा कास्की सचिवालय सदस्य हुन् ।

ओली पक्षले मनोनित गरेको केन्द्रीय सदस्य पद अस्वीकार गरेका दलबहादुर गुरुङ । तस्बिर ः गुरुङको फेसवुक वालबाट
गुरुङले पद अस्वीकार गरेको भन्दै निकालेको प्रेस विज्ञप्ती ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।