ओलीको मिथ्या झूठ र गोयवल्स शैलीको भ्रममा नपरौं : बराल


     एभरेस्ट आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित




नेकपा नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले केपी ओलीले मिथ्या झूठ र गोयवल्स शैलीको भ्रममा नपर्न नेकपा नेता\कार्यकर्तालाई अपिल गरेका छन् । बरालले सामाजिक सञ्जाल फेसवुकमा ओलीले प्रचण्डमाथि लगाएका आरोपको २० बुँदामा खण्डन गर्दै ओलीको गोयवल्स शैलीमा गरेको प्रचारको भ्रममा नपर्न अपिल गरेका हुन् ।

प्रचण्डले पटक÷पटक सुशासन, समृद्धी र न्यायको पक्षमा अगाडि बढ्न दवाब दिदा ओलीले त्यसलाई राज्य सञ्चालनमा बाधा पुर्याएको भनेर गोयवल्स शैलीमा प्रचार गरेको उनको दाबी छ ।

नेता बरालले केपी ओलीले संविधान मार्न खोजेको आरोपसमेत लगाएका छन् । उनले संविधान मार्न खोज्ने र मुलुकलाई अँध्यारो कुनातर्फ धकेल्ने ओली प्रवृत्तिबिरुद्ध खरो संघर्षमा उत्रिनपनि कार्यकर्तामा अपिल गरेका छन् । राम्रो कामका लागि दवाब दिदा घेराबन्दी गर्यो भनेर प्रचार गरिएको भन्दै उनले त्यसको प्रतिवाद गरेका छ ।

अीलीबिरुद्ध सांसद बरालले गरेको २० बुँदे प्रतिवाद

१.विद्या भण्डारी राष्ट्रपती र शक्तिशाली सरकार प्रमुख केपी ओली भएको बेला आदरणीय नेता मदन भण्डारी र जीवराज आश्रीतको हत्या बारे कुनै न कुनै कदम चाल्नु पर्छ भन्दा ( घेरा बन्दी हुन्छ रु
२. पार्टी पंक्तिमा निराशा बढ्न थाल्यो कार्यकर्ताको जिम्मा ठोस गरौं भन्दा ( घेराबन्दी हुने ?

३. पार्टी एकताका बाँकी रहेका तल्ला तहमा एकता छिटो सक्नु परो भन्दा( घेराबन्दी हुने ?
४ निर्मला पन्त लगायतका महिला हरुको बलत्कारपछि हत्या गर्ने हत्यारा छिटो पत्ता लगाउन परो भन्दा( घेरा बन्दी हुने?
५. गोकुल बाँस्कोटाको भ्रष्टाचारदेखि बिमान खरिद, ओम्नी काण्ड, गाडी र चक्लेट काण्ड, यति काण्ड लगायत काण्डै काण्ड बारे छिटो सत्य तथ्य सार्वजनिक गरौ ंभन्दा( घेराबन्दी हुने ?
६. अनेक काण्ड बारे प्रधानमन्त्रीले स्पस्टिकरण दिने हैन अख्तियार प्राप्त निकायलाई छानबिन गर्न दिउँ भन्दा( घेरा बन्दी हुने?
७. जनताका दैनिक समस्या समाधानमा ध्यान दिउँ हावाकल्पनाका कुरा कम गरौं भन्दा( घेरा बन्दी हुने?
८. पार्टीको विधान( संगठनात्मक सिद्धान्त र बिधि लाई मानौ भन्दा ( घेराबन्दी हुने ?
९. दैनिक कामबारे हैन रणनीतिक महत्व राख्ने काम बारे निर्णय लिँदा पार्टीसँग परामर्श लिनु है भन्दा( घेराबन्दी हुने?
१०. खुफिया एजेन्सि सग अँध्यारो कोठामा एक्लै खासखुस नगर भन्दा( घेराबन्दी हुने?
११. नयाँ नक्सा छापेका किताब वितरण गर्न किन रोकियो भन्दा( घेराबन्दी हुने?
१२. आफ्नो सीमाभित्र परेका नेपाली नगरिकलाई भारतीय नागरिकता खारेज गरि नेपाली नागरिकता दिलाउनु भन्दा( घेराबन्दी हुने?
१३. भारतीय सुरक्षा अड्डा हटाएर हाम्रो सुरक्षा अड्डा राख्न पहल गरौं भन्दा( घेराबन्दी हुने?
१४. मदन भण्डारी फाउण्डेसनको नाममा हुने गतिबवधि रोकौं एकताको भावनामा असर पर्दछ भन्दा( घेराबन्दी हुने?
१५. खाद्य पदार्थमा आत्मनिर्भर हुने गरि बजेटको व्यवस्था गरौं भन्दा( घेराबनदी हुनेरु
१६. मुलुक भित्र रासायनिक मलखाद उद्योग खोलौ भन्दा (घेराबन्दी हुने ?
१७. राज्यले पोशाक दिने क्षेत्र लाई मात्र भएपनि हेटौंडा कपडा उद्योगलाई संचालन गरौं भन्दा( घेरा बन्दी हुने?
१८. पार्टीका सर्बसम्मत निर्णय लागु गरौं भन्दा( घेराबन्दी हुने?
१९. अरु पार्टीका सांसदलाई अपहरण गर्दा पार्टी बद्नाम भयो भन्दा( घेरा बन्दी हुने?
२०. सहज बहुमतको सदन छ अध्यादेश को खेती नगरौ भन्दा( घेरा बन्दी हुने ?


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।