काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
विस्तारित मन्त्रिपरिषदमा पर्यटनमन्त्रीको जिम्मेवारी मणि थापालाई दिइएको छ । टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको स्रोतले जनाएको छ । यस्तै शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिइएको बताइएको छ ।
विस्तारित मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथ ग्रहण हुने एक नेताले बताए ।
प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए ।
मन्त्री हुने सबै पूर्वमाओवादी हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





