दुर्घटना पछि देखिएको दृश्य । तस्विर : एभरेष्ट आवाज
पोखरा । पोखराको बिरौटामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
दुर्घटनाका घाइते मध्य एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
पृथ्वीचोकबाट बिरौटातर्फ आइरहेको ग ८ प ४९१९ नंम्वरको मोटरसाइकलको ठक्करबाट अप्सरा शर्मा, उनका ४ वर्षिय छोरा र स्याङ्जाको चापाकोट नगरपालिकाको गाडी चालक सुनिल एसके रस्याङ्जाको जगत भञ्ज्याङका २१ वर्षिय मोटरसाइकल चालक थम्मन बहादुुर गुरुङ घाइते भएका हुन् ।
घाइते मोटरसाइकल चालक गुरुङ, अप्सरा र सुनिलको बिरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ भने बालकलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज नयाँ बजार पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गुरुङको अवस्था गम्भीर रहेको जनाइएको छ ।
‘मुस्ताङचोकबाट बिरौटातर्फ तिब्रगतिमा आइरहेको मोटरसाइकलले सुरुमा बाटो काटिरहेका आमा छोरालाई ठक्कर दियो त्यसपछि गाडीको टायरमा हावा भर्ने क्रममा रहेको नगरपालिकाको गाडी चालकलाई ठक्कर दिएर मोटरसाइकल पल्टियो ।’ एक प्रत्यक्षदर्शीले एभरेष्ट आवाजसंग भने ।
सडक साघुरो हुँदा र सडकबत्तीको व्यवस्था नहुँदा यस्ता खालका दुर्घटना हुने गरेको स्थानियको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।