आफ्नो चाहना पूरा भएन भन्दैमा देश र जनताप्रति गद्धारी गर्न मिल्छ र ? : पहारी


     एभरेस्ट आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित




नेकपा ओली समूहका केन्द्रीय सदस्य राजिव पहारीले केपी ओलीको चुलिदो उचाईलाई सहन नसकेर आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले अविस्वासको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड, नेपाललगायतका नेताहरुको षडयन्त्रलाई चिर्नका लागि संसद विघटनजस्तो अप्रिय निर्णय लिनुपरेको जिकीर गरे । संसद विघटन रहरले नभई बाध्यताले गरिएको हो,उनले भने,‘दुई तिहाई बहुमत हुँदासमेत प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न नदिएपछि संसद भंग गर्नुपरेको हो ।’

गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका ओली पक्षीय नेता पहारीले प्रचण्ड–माधवलगायतका नेताहरुले देश र जनताप्रति गद्धारी गरेको गम्भीर आरोप लगाए । ‘आफ्नो चाहना पूरा भएन भनेर देशप्रति गद्धारी गर्न मिल्छ र ? जनताप्रति गद्धारी गर्न मिल्छ र ? ’–उनको प्रश्न थियो । पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नका लागि उनीहरुले देश र जनताप्रति गद्धारी गरेको उनको आसय थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।