प्रदेश १ का तीन मन्त्रीले राजीनमा दिएका छन्।
नेकपाको दाहाल–नेपाल पक्षका तीन मन्त्रीले आज राजीनमा दिएका हुन्।
राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए। तर, मन्त्री गजमेरले त्यसलाई अस्विकार गरेर दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी हुन्।
आज (आइतबार) प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल पक्षको तयारी रहेको बताइएको छ।
यसअघि, हिँजो मुख्यमन्त्री राईले दाहाल–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए।
केन्द्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन र प्रदेशमा समेत सरकार राख्ने र ढाल्ने खेल सुरु भएको छ। यसअघि, वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







