डाक्टर्स गाउँलेमार्फत् मणिपालका विद्यार्थी गाउँगाउँमा


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित




ग्रामिण भेगमा बसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवस्यकिय स्वास्थ्य जानकारी दिनका लागि मनिपाल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् ।
मणिपाल शिक्षण अस्पतालमाअध्ययनरत २०१६ को व्याचका विद्यार्थीद्वारा २०७५ सालमा स्थापना गरिएको सो संस्थाले हृदयघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोगलगायतका विभिन्न रोगको बारेमा आवस्यक सेवा दिईसकेको छ ।
संस्थाका प्रचारप्रसार संयोजक राहुल गोईतका अनुसार आगामी दिनमा महिला र वृद्ध वृद्धाहरुमा लक्षित गरेर स्वास्थ्य सेवा रजानकारी उपलव्ध गराईने छ । रोट्र्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको समेत उनले बताए । आफूहरुको संस्था डक्टर गाउँले र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतले बताए ।
स्वास्थ्य सम्बन्धी जानकारी सबैका लागिभन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचार प्रसार संयोजक गोइतले जानकारी दिए ।
रोगलागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भएको भन्दै गोइतले आफूहरुको सेवा गाउँगाउँका नागरिकका लागि हुने स्पष्ट पारे ।
कुरा गर्दै प्रचार संयोजक गोइतले भने, ‘संस्थामार्फत स्वास्थ्य जानकारीबाट बञ्चित भएका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउन देशका कुनाकुनामा पुग्ने संस्थाका सदस्यविनोद अधिकारीले जानकारी दिए ।
डक्टर गाउँलेले अफिसियल युटुव च्यानलमार्फत विभिन्न १६ वटा स्वास्थ्यसमबन्धीजानकारी समेत गराएको र आगामीदिनमाथप सक्रियतापूर्वक अघि बढ्ने उनले बताए । उनले सञ्चारको क्षेत्र निकै फराकिलो भएको तर यस्तो विकास स्वास्थ्य क्षेत्रमा नभएको भन्दै उनले सञ्चारकै माध्यमबाट कुनाकुनामा रहेका नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिंदै जाने जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।