अन्नपूर्ण गाउँपालिका स्थित ढिकुरपोखरीवासी (अन्नपूर्ण १, २, ३) दुध गाउँको पहिचान निर्माण गर्न लागि परेका छन्।
बाँदर र असिनाले सताए सँगै त्यहाँका किसान व्यवसायिक पशुपालनतर्फ आकर्षित भई दुध गाउँ बनाउन लागि परेका हुन् ।जसका लागि स्थानीय नागडाँडा दुग्ध उत्पादक सहकारी संस्थाले सहजीकरण गरेको छ।
आफूहरु दुध गाउँ बनाउने उद्देश्यका साथ पशुपालनमा होमिएको मराउँचेका बलराम पौडेलले बताए ।
गाउँहरुले मिनी जर्सी र होलस्टेन जातका गाई तथा मुर्रा क्रस र स्थानीय जातका भैसी पाल्दै आएका छन् ।
त्यस्तै अर्का किसान इन्द्रप्रसाद अधिकारीले दुध बिक्रीबाट वार्षिक साढे ४ लाखदेखि ५ लाखसम्म कमाउँदै आएको बताए ।उनले दैनिक एक सय लिटर दुध उत्पादन गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाएको जानकारी पनि दिए ।
पौडेल र अधिकारी जस्तै ढिकुरपोखरीका सयाँै घरपरिवार किसान यतिवेला व्यवसायिक दुग्ध उत्पादनमा होमिएका छन्। जसको बजारीकरणको प्रबन्ध नागडाँडा दुग्ध सहकारीले गरेको छ ।संस्थाले सहरको पैसा गाउँ ल्याउन भूमिका खेलेको सहकारीका व्यवस्थापक यमप्रसाद अधिकारीले जनाए।
ढिकुरपोखरी क्षेत्रभर कुल ६ स्थानमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ ।जसमा दैनिक करिव ५ सय घरपरिवार किसानले २ हजार पाँच सय लिटर दुध संकलन गर्दै आएका छन्। संकलित दुध प्रशोधन गरी पोखराको मुख्य बजार क्षेत्रमा बिक्री हुँदै आएको छ । त्यसका साथै दुधलाई विविधिकरण गर्ने सोचलाई पनि अगाडि सारिएको छ ।
दुधको गुणस्तर साथै परिणाम बढाउन किसानलाई उन्नत जाँतका डालेघाँस, भुईघाँस, जैघाँसका बीऊ विरुवा वितरण, नाम्ले जुकाको निःशुल्क औषधी बाढ्ने तथा कृर्तिम गर्भाधानलाई प्रोत्साहान गरिएको छ । त्यस्तै गोठ तथा भकारो सुधार, उत्पादनका आधारमा पशु सेवा विज्ञ केन्द्रसँग अनुदान माग तथा गाउँपालिकासँग पनि सहकार्य गरिएको छ।
सहकारीमा त्यहाँका कुल ६ सय ३१ घरपरिवार किसान आवद्घ छन् ।जसमध्ये सबैभन्दा बढी मराउँचेका युवराज पौडेलले दैनिक ४० लिटर दुध बेच्दै आएका छन्।
कृषि उपजमा नामले गाउँको पहिचान बनाउन खोज्नुलाई निकै अर्थपूर्ण रुपमा पनि हेरिएको छ। ढिकुरपोखरी भर कुल पचास बढी फार्म रहेको अनुमान छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही…







