महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेश पनि सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पनि सेमिफाइनलमा स्थान बनाएको छ।

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले लगातार दोस्रो जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनमा स्थान बनाएको हो।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले आइतबारको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको थियो।

खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो। प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन, सरस्वती घर्तीमगरले ३ रन र गिता घोसाइँले ४ रन बनाए।

त्यसअघि, खराब मौसमका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन्। मात्र ४ बलको सामना गरेकी दीक्षाले २ चौकासहित उक्त रन बनाएकी थिइन्। यस्तै टिमका लागि अन्शु शाक्य ७ रनमा अविजित रहिन् ।

बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता घोसाइँले पनि १/१ विकेट लिएका थिए।

यो जितसँगै समूह ‘ए’ मा रहेको लुम्बिनीले अंकतालिकामा ४ अंक जोडेको छ। समूह ‘ए’ मा रहेको लुम्बिनी प्रदेश र विभागीय सशस्त्रको एपीएफ प्रतियोगिताको दुई÷दुई खेलमा अविजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो।

यसअघि, लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो। कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित हुन् पुगेको थियो। दुबै खेलमा लगातार हार व्यहोरेको प्रदेश २ र कर्णाली करिब करिब प्रतियोगिताबाट बाहिरिसकेका


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।