ओलम्पिक तयारीका लागि पोखरामा महिला भारोत्तोलन खेलाडीहरु


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




यतिबेला, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि महिला भारोत्तोलनका खेलाडीहरु प्रशिक्षण लिन पोखरामा छन्।

जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा सहभागिता जनाउने महिला भारोत्तोलन खेलाडी थप तयारीका गर्न वन्द प्रशिक्षणका लागि पोखरा आएका हुन्।

ओलम्पिकमा सहभागिता जनाउन जाने खेलाडी कमला श्रेष्ठ र सञ्जु चौधरी तथा प्रशिक्षक सञ्जय महर्जन वन्द प्रशिक्षणका लागि पोखरा आएका छन्।

नेपालको महिला भारोत्तोलन खेल इतिहासमै पहिलो पटक नेपाली महिला टोलीले ओलम्पिकमा सहभागिता जनाउने छन्। नेपालले स्कलरिसीपमार्फत जापानमा हुने ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका हुन्।

१३ औं सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरीले ५५ केजी तौलतर्फ ओलम्पिकमा सहभागिता जनाउनेछिन्। उनी समूहमा जुनियर एशियन च्याम्पियनसमेत हुन् भने उज्वेकिस्तानमा सम्पन्न जुनियरतर्फनै समूहमतर्फ स्वर्ण पदक विजेता ह्न्। चौधरीले कोरियामा सम्पन्न एशिया कपमा ३ रजत र ३ काँस्य पदक जितेकी थिइन्।

त्यस्तै, ओलम्पिमा सहभागी हुन जाने कमला श्रेष्ठ ५९ केजी तौलतर्फ खेल्दैछिन्। सन २०१७ मा जापानमा सम्पन्न जुनियर एशियन च्याम्पियनसीपको समूहमा दोश्रो हुँदै अन्तर्राष्ट्रिय एरिनामा अनुभव संगालेकी उनले सन २०१८ मा काठमाडौंमा सम्पन्न युथ एण्ड जुनियर च्याम्पियनसीपमा स्वर्ण पदक जितेकी थिइन्। पाचौं एशियन इनडोर गेम्समा समूहतर्फ स्वर्ण जितेकी कमलाले सन २०१८ मा नै कोरियामा सम्पन्न एशिया कप र १२ औं सागमा सहभागिता जनाएको अनुभव संगालेकी छन्।

पोखरा प्रशिक्षणका लागि आएकोवारे प्रशिक्षक महर्जनले यहाँको मौसमले पनि खेलाडीलाई उत्तिकै सहज हुने बताए । ओलम्पिक तयारीका लागि भारोत्तोलन टोलीले पोखरामा २ महिना प्रशिक्षण गर्ने संघका उपाध्यक्ष उमेश सिकेले बताए। कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामीले पोखराका लागि यो राम्रो अवसर भएको बताए।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्त ८ सम्म हुनेछ । जसमा नेपालले भारोत्तोलनसहित केही खेलमा सहभगिता जनाउने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।