कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




पोखरा । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले सोमबार कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

कास्की काँग्रेसको समन्वय र क्षेत्रीय समितिको आयोजनामा कास्की क्षेत्र नं १ को अर्घाैं चोक, क्षेत्र नं २ को सभागृह चोक, क्षेत्र नं ३ को पोखरा जिरो किलोमिटर र हरि चोकबाट प्रदर्शन शुरु भएको थियो ।

क्षेत्रगत रुपमा भएको प्रदर्शनमा सम्वन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी भएका थिए ।

प्रर्दशन पछि आयोजित कोणसभाका क्ताहरुले ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस सडकमा आएको बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्को विघटनको असंवैधानिक कदम, सरकारका पछिल्ला गतिविधिको बिरुद्ध र संविधानको रक्षाको लागि विरोध प्रदर्शन गरेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसा आज पुस देशव्यापी रुपमा १६५ वटा संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।