पर्वत । प्रतिनिधिसभाको पूनःस्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्वबियू पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताए । कुस्माको मैत्री चोकबाट शुरु भएको मसाल जुलुस लोकतन्त्र चोक, प्रगति चोक हुँदै शिवालय चोकमा गएर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीहरुले प्रधानमन्त्रीको कमदविरुद्ध नाराबाजीसमेत गरेका थिए । कोण सभामा बोल्दै अनेरास्वबियूका जिल्ला अध्यक्ष शर्माले असंवैधानिक र राष्ट्रघाती कमद नसच्याएसम्म आन्दोल जारी रहने र आन्दोलनको बलमा संसद पूनःस्थापना गराएर छाड्ने बताए ।
कार्यक्रममा अनेरास्वबियू पर्वतका पूर्व अध्यक्ष सुवासचन्द्र पौडेलले संबिधानको मर्म भावना र जनमतको अपमान हुने गरि चालेको कदम कुनैपनि हालतमा सह्य नहुने बताए ।
कार्यक्रममा युवा संघ पर्वतका अध्यक्ष बलराम नेपालीले ओलीका बिरद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।
नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले आन्दोलनको बलबाट संसद पुनः स्थापना गरेर छाड्ने बताए ।
यसैबीच नेकपा पर्वतले यहि पुस १४ गतेका लागि तय गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई व्यवस्थित र संयम ढंगले गर्ने गरि तयारी पुरा गरेको बताएको छ । बिरोध कार्यक्रमका लागि जिल्लाभरबाट कार्यकर्ताहरुलाई सदरमुकाम ल्याउने गरि तयारी थालेको पाटी सचिब सुदिप कुँवरले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





