पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको दिगो शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका–११ जयकोटस्थित कर्म सिद्ध रानीपौवा गुम्बाको आज शिलान्यास गर्दै उहाँले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए ।
प्रमुख शेरचनले बुद्ध दर्शन मानव कल्याण र विकासका लागि वैज्ञानिक दर्शन बनेको उल्लेख गर्दै यसलाई तल्लो तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
जीवजन्तुको कल्याण, उत्थान एवम् विभेदरहित व्यवहारलाई आत्मसात् गर्दै लोभलालच, द्वेषमुक्त भएर शान्ति र कल्याणमा लाग्न सके मात्र बुद्धत्व प्राप्त गर्नेतर्पm उन्मुख हुनेमा उहाँले जोड दिए ।
धार्मिक आस्था बोकेर नभई कर्म गरे मात्र धर्म हुने विश्वास व्यक्त गर्दै प्रमुख शेरचनले भन्नुभयो, “प्रत्येक प्राणी र समाजका दुःखी असहायको सेवा गर्नु असल धर्म हो ।” उनले गुम्बा निर्माणमा सङ्घ र प्रदेश सरकारसँग आफूले पहल गर्ने बताए ।
पहिलो तल्ला चार हजार, दोस्रो तल्ला तीन हजार, तेस्रो र चौथो तल्ला एक हजार २०० स्क्वायर फिटको रहने कर्म सिद्ध गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु ६ करोडको लागतमा निर्माण गरिने कर्तो गुरुङले जानकारी दिए ।
हिमालपारिको जिल्ला मनाङबाट बसाइँसराइ गरेर पोखरा आएका व्यक्तिहरूको सक्रियतामा २०१६ मा निर्माण गरिएको गुम्बा २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति भएपछि सोही परिसरमा गुम्बा निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले धार्मिक, सांस्कृतिक महत्व बोकेको गुम्बा तोकिएको समयमा र गुणस्तरीय निर्माण हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनीयर सुरेन्द्र घिमिरेले भूकम्पले मुलुकका एक हजार ३७२ गुम्बामा क्षति पुगेको बताउँदै तीमध्ये ४०२ मर्मत भइसकेको र १३ ठूला गुम्बाको पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







