सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई


     रासस    
     पौष १३ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले आज आयोजना गरेको देशव्यापी प्रदर्शनमा सहभागी नेताकार्यकर्ता तथा शुभेच्छुक सबैमा बधाई ज्ञापन गर्नुभएको छ । कांगे्रसले प्रतिनिधिसभा विघटनविरुद्ध आज १६५ सङ्घीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

उनले आज साँझ विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने सङ्घीय क्षेत्रीय कार्यसमिति र भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, पार्टीका सबै तहका नेताकार्यकर्ता तथा सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवा सबैमा बधाई ज्ञापन गरेका छन् ।

विरोध प्रदर्शन देशभरिका सङ्घीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको र यसले जनभावना अभिव्यक्त गरेको धारणा व्यक्त गरेका छन् । उनले प्रदर्शनको कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद पनि ज्ञापन दिएका छन् । कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै सङ्घीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।