अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो।
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो।
प्रतियोगिता बंगलादेशमा हुनेछ। पूर्व तालिकाअनुसार साफ यसै वर्ष हुनुपर्ने थियो। तर, कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ।
यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुंगो लगाएको छ।
निर्णयअनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म संचालन हुने भएको छ।
त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म संचाल गर्ने निर्णय भएको छ।
यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ संचालन गर्ने निर्णय बैठकले गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







