केपी ओली कम्युनिष्ट नै होईनन् : हितराज पाण्डे


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित




नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नै नभएको दाबी गरेका छन् । नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले ओलीमा कम्युनिष्ट चरित्र र व्यवहार नभएको आरोप लगाएका हुन् । ओली खासमा कम्युनिष्ट नै होईनन्, उनले भने, ओलीमा कम्युनिष्टको कुनै चरित्र नै छैन । कम्युनिष्ट सदस्यले त पार्टी पद्धती, विधि, विधान मान्नु पर्छ, तर ओलीले मान्दैनन् । त्यसैले उनी कम्युनिष्ट हुनै सक्दैनन् ।
नेता पाण्डेले नेकपाको आफूहरु संस्थापन भएको दाबी गरे । केन्द्रदेखि प्रदेशसम्म सबैतिर आफूहरुको बहुमत रहेकाले आफ्नो समूह संस्थापन भएको उनको दाबी छ । नेकपालाई जनताले विश्वास गरेपनि ओलीले संसद विघटन गरेर जनताको मतको अपमान गरेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।