नेकपा नेता तथा संविधानविद् खिमलाल देवकोटाले संसद विघटन बाध्यता भन्नु आची खाएजस्तै कुरा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संसद विघटनलाई केहिले बाध्यताको उपज भन्ने गरेका छन्,उनले भने,‘कमरेड भोक लाग्यो भन्दैमा आची खाईंदैन ।’ उनले ओलीको कदम राजनीतिक हिसाबले अराजनीतिक, संवैधानिक हिसाबले असंवैधानिक, नैतिकताको हिसाबले अनैतिक र राष्ट्रवादको हिसाबले राष्ट्रघात भएको बताए । उनका अनुसार संसद विघटन गर्ने अधिकार नै प्रधानमन्त्रीमा छैन । ओलीले आफूलाई कम्युनिष्ट सदस्य होईन महाराजा ठानेकाले संसद विघटन गर्न पुगेको उनले बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले ओलीले गरेको संसद विघटन २०१७ सालमा महेन्द्रले गरेको (कू) र २०५९ सालमा ज्ञानेन्द्र शाहले गरेको (कू)जस्तै भएको बताए । उनले ओली बिस्तारबादी र साम्राज्वादीको मतियार बनेको आरोप लगाए । केन्द्रीय सदस्य पाएपछि केहि नेता÷कार्यकर्ता लोभिएको बताए । ओलीले नेपाली जनताको विश्वासमाथि कुठाराघात गरेका छन्,उनले भने,‘यस्तो बेला पदसँग बिचार नसाट्नुस्, पदसँग संविधान नसाट्नुस् ।’
नेकपा केन्द्रीय सदस्य सीता गिरी ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका जनतासामु गरिएका बाचा र प्रतिबद्धतप्रति विश्वासघात गरेको आरोप लगाईन् । उनले जनतामाथि कुठाराघात गर्ने प्रधानमन्त्री ओलीलाई नेतृत्वमा पु¥याउनु नै गलत भएको बताईन् ।
नेकपा कास्कीका सचिव बखानसिंह तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनराज आचार्यले गरेका थिए ।
सभाअघी विरोध ¥याली निकालिएको थियो । पोखराको चिप्लेढुंगाबाट शुरु भएको विरोध ¥याली महेन्द्रपुल, नयाबजारहुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिहरुले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमबिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र असफल पारौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा गरौं, भारतीय सेना लिम्पीयाधुरा छोड, उखु किसानका माग पूरा गर, पार्टी एकता जिन्दावा, समाजवाद जिन्दावाद, समाजवाद उन्मुख जनताको जनवाद जिन्दावादलगायतका नाराहरु लगाउनुका साथै प्लेकार्ड र व्यानर बोकेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





