दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट अन्तरगत आज (शनिबिार) देखि सेमिफाइनलका खेलहरु हुँदैछन्।
शनिबार बिहान साढे नौ बजे हुने पहिलो खेलमा समूह ’ए’ को विजेता एपीएफले समूह ’बी’ को उपविजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दैछ।
त्यस्तै, दिउँसो सवा एक बजे हुने अर्को खेलमा समूह ’बी’को विजेता प्रदेश १ ले समूह ’ए’ को उपविजेता लुम्बिनीसँग खेल्नेछ । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत ८ टिमले सहभागिता जनाएको यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका छन्। आजको विजेता टिमले भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ३ लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५÷२५ हजार रुपैयाँ पाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







