अष्ट्रेलियामा चलिरहेको बिग बाश क्रिकेट लिगको यो सिजनमा नेपालका बलर सन्दीप लामिछानेले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।
होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दीपले मेलवर्न स्टार्स विरुद्धको खेलमा २ विकेट लिएका छन् ।
पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका हुन्। कोरोना भाइरस संक्रमण र अष्ट्रेलिया पुगेपछि पनि १४ दिन क्वरेण्टीनमा बस्नुपरेका कारण सन्दीपले आफ्नो टीमको तर्फबाट छैठौँ खेलपछि मात्रै खेल्ने मौका पाएका हुन्।
शनिबार भएको खेलमा सन्दिप आवद्ध होवर्ट ह्युरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले हरायो। होवर्टले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो। मेलबर्नका लागि ग्लेन म्याक्सवेलले ७० रन बनाएपनि टिमलाई जिताउन सकेनन्। जितसँगै होवर्ट ह्युरिकेन्स १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







