आज, नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

- संसद विघटनका विषयमा एउटै धारणा बनाउन र सडक आन्दोलनको समेत नेतृत्व गर्न बैठकको एजेण्डा


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित





नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आज (आइतबार) बस्दैछ।

प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आज (मंगलबार) देखि फेरि निरन्तरता पाउने भएपनि तत्काल कुनै निर्णय आउने संभावना देखिदैन।

सभापति शेरबहादुर देउवाको मिलोमतोमा प्रतिनिधिसभा विघटन भएको आरोप काँग्रेसकै असन्तुष्ट पक्षले लगाउँदै आएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने माग राखेपनि संस्थापन पक्ष भने सर्वोच्च अदालतको निर्णय पर्खने रणनीतिमा देखिएको छ

पौडेल पक्षधरले संसद विघटन असंवैधानिक भएकाले त्यसबारे कांग्रेसले सडक आन्दोलनको समेत नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ। तर, संस्थापन पक्ष भने घोषित मध्यावधि चुनावलाई अवसरका रुपमा प्रयोग गर्नुपर्ने पक्षमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।